सामग्रीमा जानुहोस्
मंगलबार, मंसिर १, २०८३
प्रोफाइल

युवा नेतृत्वले फेरेको गाउँको मुहार

काठमाडौं । एउटा पछाडि परेको स्थानीय तह कसरी आमूल रूपान्तरण हुन सक्छ भन्ने गतिलो उदाहरण बनेको छ। अर्जुनचौपारी गाउँपालिका एक समय गुमनाम प्रायः रहेको यो पालिकाले पछिल्लो समय विकास, सुशासन र समृद्धिको क्षेत्रमा देशकैनिम्ति एक प्रेरणादायी मानक स्थापित भएको छ ।

युवा अध्यक्ष प्रकाश तिवारीको गतिशील नेतृत्व सम्हालेयसता अर्जुनचौपारीले विकासको क्षेत्रमा फड्को मारेको हो । भौतिक पूर्वाधारको अवस्था हेर्ने हो भने, पहिला नाम मात्रको पनि कालोपत्रे नभएको यो पालिकामा आज झण्डै ४२ किलोमिटरभन्दाबढी सडक कालोपत्रे भइसकेको छ । पूर्वाधारको यो विस्तारले गाउँ र सहरको दूरी मात्र घटाएको छैन, समग्र स्थानीय जनजीवनलाई नै सहज बनाएको छ ।

यसैगरी, पालिकामा निर्माण गरिएको नेपालकै पहिलो नवग्रह मन्दिरले यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउँदै राष्ट्रियतथा अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन सफल भएको छ । मन्दिरमा बढेको भक्तजनको भिड र सुधारिएको व्यवस्थापनप्रणालीका कारण अर्जुनचौपारी मात्र होइन, समग्र सिद्धार्थ राजमार्ग आसपासको क्षेत्रको अर्थतन्त्रसमेत चलायमान बनेको छ।कुशासन, अन्योल र पछाडि परेको अवस्थाबाट माथि उठ्दै अर्जुनचौपारीले आज प्रशासनिक पारदर्शिता र सुशासनको गतिलो अनुभूति गराएको छ। यहाँ शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदा अपराध दरमा समेत कमी आएको छ ।

नेपाल सरकारका विभिन्न मूल्यांकन सूचकहरूमा यो पालिका कहिले पुछारमा हुन्थ्यो भने आज जिल्ला प्रथम, प्रदेश प्रथम हुँदैराष्ट्रियस्तरमै लगातार उत्कृष्टको अग्र सुचीमा समावेश छ । गुमनामबाट देशकै एक चर्चित र अनुकरणीय पालिकाको रूपमाउदाएको यो परिवर्तनको मुख्य सुत्रधार युवा नेतृत्व प्रकाश तिवारीको अठोट र स्पष्ट भिजन हो ।

अर्जुनचौपारीको यो सफलताले यो कुरा प्रष्ट पारेको छ कि, यदि दृढ इच्छाशक्ति, इमानदारी र काम गर्ने हुटहुटी भयो भने स्थानीयस्तरमै पनि चमत्कारिक रूपान्तरण सम्भव छ। अर्जुनचौपारी आज त्यही सपना र यथार्थको सुन्दर संगम बनेको छ ।

५शेयर